रातो मत्स्येन्द्रनाथको रथजात्रा हुने क्षेत्रलाई ‘निषेधित क्षेत्र’ घोषणा
काठमाडौं। ललितपुर जिल्ला प्रशासन कार्यालयले रातो मत्स्येन्द्रनाथ तथा मीननाथको रथजात्रा हुने क्षेत्रमा ‘हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँचजनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधित क्षेत्र’ तोकेको छ। मत्स्येन्द्रनाथको रथआसपास मदन स्मारक स्कुल, दमकल, अल्का अस्पताल, लबिम मलको घेराभित्र तथा मीननाथको रथआसपास इति, टंगल, तःबहाल र गणेश मन्दिरको घेराभित्र यस्तो निषेध लागु हुने विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्