कुनकुन देशले पाए भारतीय भ्याक्सिन? काठमाडौं। भारतले अहिलेसम्म ९० देशलाई भ्याक्सिन दिएको छ। यसमा नेपाललगायत बंगलादेश, म्यानमार, भुटान, श्रीलंका र मालदिभ्स पनि छन्। ६ करोड ६० लाख डोज भ्याक्सिनमध्ये ५४ प्रतिशत व्यापार, १६ प्रतिशत अनुदान र ३० प्रतिशत कोभ्याक्स प्रोग्रामअन्तर्गत दिएको हो। आफ्नै नागरिकलाई वास्ता नगरी अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतमा नरेन्द्र मोदी सरकारको तीव्र आलोचना हुन थालेको छ। त्यहाँ अहिले कोरोना अनियन्त्रित छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्