सुर्खेतमा १५ दिन थपियो निषेधाज्ञा सुर्खेत। कोरोना सङ्क्रमणको दोस्रो लहर समुदायस्तरमा फैलिएपछि जिल्ला प्रशासन कार्यालयले सुर्खेतमा निषेधाज्ञा१५ दिन थप गरिएको छ। जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र समेतको सिफारिसका आधारमा शुक्रबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन्। सुर्खेतमा कोरोनाको दोस्रो लहर तीव्र गतिले फैलिएपछि रोकथामका लागि वैशाख १४ गते मध्यरातिदेखि पहिलोपटक प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्