अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी जहाज ओमान उड्यो काठमाडौं । गैरआवसीय नेपाली महासंघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ६०० थान अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज बिहान ओमानतर्फ प्रस्थान गरेको छ। मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो। चार्टर बिमानको खर्च नेपाल सरकारले व्योहोर्ने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्