भारतमा स्पुतनिक–भी बिक्री सुरु, प्रतिडोज एक हजार भारु
एजेन्सी। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भीको बजारमा बिक्री सुरु भएको छ। नियामक निकायले यो भ्याक्सिनलाई स्वीकृति दिएपछि प्रतिडोज एक हजार भारुमा बिक्री आरम्भ भएको हो। स्पुतनिक भी खोप भारतीय औषधि नियामक निकायले मे १ तारिखमा स्वीकृति दिएको थियो। भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकिएको छ। आगामी दिनमा यो खोप भारतमै उत्पादन गर्नेबारे कुरा चलिरहेको छ।
प्रतिक्रिया दिनुहोस्