प्रदेश सरकारद्वारा हेटौँडा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हेटौंडा। हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो। कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्