२० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा धनुषा। गणेशमान चारनाथ नगरपालिकाले २० शैय्याको कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको छ। कोरोना सङ्क्रमितको उपचारका लागि नगरपालिकाले अक्सिजनसहित सम्पूर्ण सुविधा भएको अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पताल सञ्चालनका लागि नगरपालिकाले एक एमबिबिएस चिकित्सक, एक स्टाफ नर्स, दुई कार्यालय सहयोगी र एक नगर प्रहरी खटाइएको नगरप्रमुख रामबाबु यादवले बताए। अस्पतालमा १३ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा रहेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्