कुनकुन देशले पाए भारतीय भ्याक्सिन?
काठमाडौं। भारतले अहिलेसम्म ९० देशलाई भ्याक्सिन दिएको छ। यसमा नेपाललगायत बंगलादेश, म्यानमार, भुटान, श्रीलंका र मालदिभ्स पनि छन्। ६ करोड ६० लाख डोज भ्याक्सिनमध्ये ५४ प्रतिशत व्यापार, १६ प्रतिशत अनुदान र ३० प्रतिशत कोभ्याक्स प्रोग्रामअन्तर्गत दिएको हो। आफ्नै नागरिकलाई वास्ता नगरी अन्य देशलाई भ्याक्सिन दिएको भन्दै भारतमा नरेन्द्र मोदी सरकारको तीव्र आलोचना हुन थालेको छ। त्यहाँ अहिले कोरोना अनियन्त्रित छ।
प्रतिक्रिया दिनुहोस्