५८ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई चरिकोट। जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ थान अक्सिजन सिलिन्डर संकलन गरी चरीकोट अस्पताललाई हस्तान्तरण गरेको छ। प्रहरीले खाली तथा भरिएका सिलिन्डर संकलन गरेर अस्पताललाई प्रदान गरेको दोलखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए। जिल्लामा दोस्रो चरणको कोभिडका कारण ४३३ जना संक्रमित भइसकेका छन्। तीमध्ये हालसम्म १९ जना निको भइसकेका छन् भने चार जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्