टीकापुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग टीकापुर। कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ। कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो । समाजमा आबद्ध भइ भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले बताए।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्