चीनबाट १८ हजार अक्सिजन सिलिन्डर तातोपानी नाका आइपुग्यो काठमाडौं। चीन सरकारले अनुदान सहयोगमा दिएको २० हजारमध्ये १८ हजार अक्सिजन सिलिण्डर आज स्थलमार्ग हुँदै तातोपानी नाका आइपुगेको छ। तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौं ल्याइने भएको छ। यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो। अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्