सामाजिक विकास समितिद्वारा कर्णालीमा अक्सिजन अभाव हुन नदिन निर्देशन
काठमाडौं। कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिले तत्काल एक हजार सिलिन्डर भर्न सक्ने अक्सिजन प्लान्ट स्थापना गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ। कर्णालीका नागरिकको सुरक्षाका लागि अक्सिजनको अभाव हुन नदिन निर्देशन दिएको समितिका अध्यक्ष देवी वलीले बताए । गैरसरकारी संस्था, निजी क्षेत्रलाई सरकारसँग समन्वय गरी कोरोनासँग सम्बन्धित अत्यावश्य औषधि र मेडिकल सामग्री व्यवस्थापन गर्न समितिले निर्देशन दिएको छ।
प्रतिक्रिया दिनुहोस्