ओमानबाट पठाइएका ५६० अक्सिजन सिलिन्डर स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण काठमाडौं। ओमानको लागि नेपाली राजदूत शर्मिाला पराजुली ढकालको सक्रियातामा मध्यपूर्वका गैरआवासीय नेपाली र नेपाली समुदायले पठाएको ५६० अक्सिजन सिलिन्डर आज स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई हस्तान्तरण गरिएको छ। गैरआवासीय नेपाली संघकाअनुसार ती हस्तान्तरण गरिएका सिलिन्डरमध्ये १०० वटा सुदुरपश्चिम, १०० वटा कर्णाली, २०० वटा लुम्बिनी, ८५ वटा प्रदेश २ र ७५ वटा गण्डकी प्रदेशमा पठाइने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्