आजदेखि चिनियाँ भ्याक्सिनको दोस्रो डोज काठमाडौं। सरकारले आजदेखि चिनियाँ भ्याक्सिन भेरोसिलको दोस्रो चरण सुरु गरेको छ। सरकारले काठमाडौं उपत्यकामा आज बिहानदेखि खोपको दोस्रो डोज लगाउन सुरु गरेको हो। यो अभियान जेठ ११ गतेसम्म चल्ने छ। चैत २५ देखि वैशाख १५ सम्म पहिलो डोज लगाएकालाई पूर्ण खोप दिन अभियान चलाइएको हो। आजदेखि सुरु भएको खोप अभियान उपत्काका ३२ स्थानबाट लगाइँदै छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्