अक्सिजनको समस्या समाधानका लागि सरकारका तीन तयारी
काठमाडौं। सरकारले अक्सिजनको अभाव सम्बोधनका लागि तीनवटा योजना अघि बढाएको छ। आजको सीसीएमसीको बैठकले अक्सिजन प्लान्टका उद्योगहरुले उत्पादन पूर्ण क्षमतामा गर्ने निर्णय गरेको हो। उद्योगहरु पूर्ण रुपमा चलाउने र त्यस्ता उद्योगलाई सरकारले विद्युत महसुल लगायतमा प्रश्रय दिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। उनले नेपालमा लिक्विड अक्सिजन उत्पादन गर्न भारत सरकारसँग आग्रह गर्ने र आवश्यक ट्याङ्कर प्रबन्ध गर्ने निर्णय भएको बताए।
प्रतिक्रिया दिनुहोस्