स्वास्थ्य संकटकाल लगाउनेबारे सरकारले अध्ययन गरिरहेको छः प्रदीप ज्ञवाली काठमाडौं। सरकारले स्वास्थ्य संकटकाल लगाउने वा नलगाउनेबारे अध्ययन गरिरहेको छ। आज सिंहदरबारमा प्रधानमन्त्रीको उपस्थितमा बसेको सीसीएमसीको बैठकको निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, "अहिले संक्रामक रोग ऐनले गर्न नसकेको के-के काम स्वास्थ्य संकटकाल लगाउँदा गर्न सहज हुन्छ भन्नेबारे तुलनात्मक अध्ययन भइरहेको छ।" परिणाम निस्किने हो भने मात्र संकटकाल घोषणाको अर्थ हुने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्