संक्रमितको संख्या ह्वात्तै बढे्पछि हुम्लाका २ गाउँपालिका सिल काठमाडौं। हुम्लामा कोरोना संक्रमितको संख्या उच्च भएपछि ताँजाकोट गाउँपालिका र मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ५ सिल गरिएको छ। ताँजाकोट गाउँपालिकामा ४६ जनालाई परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको पालिका अध्यक्ष बाग्दल मल्लले बताए। गाउँपालिका आफैंले ५०० वटा एन्टिजेन किट खरिद गरेर बुधबारबाट परीक्षण सुरु गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्