दिल्लीमा मे २४ सम्म लकडाउन थपियो एजेन्सी। भारतको राजधानी दिल्लीमा लकडाउन मे २४ सम्म थपिएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले लकडाउनको अवधि थप गरिएको घोषणा गरेका हुन्। लकडाउनका कारण दिल्लीमा कोरोना संक्रमण घट्दै गएको छ। लकडाउन अवधि थप गर्नुको कारण यसैलाई बताइएको छ। दिल्लीमा अहिले पनि दैनिक ३ सयको आसपासमा मृत्यु भइरहेको छ। दिल्लीमा अप्रिल १९ देखि लकडाउन लगाइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्