जनप्रतिनिधिको सक्रियतामा ३२० अक्सिजन सिलिन्डर संकलन
काठमाडौं। जनप्रतिनिधिहरुको सक्रियतामा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ मा ३२० वटा अक्सिजन सिलिन्डर संकलन गरिएको छ। हस्तकला व्यवसायीको सहयोगमा घर एवं विभिन्न उद्योगमा पुगेर खाली तथा भरिएका गरी ३२० अक्सिजन सिलिन्डर जम्मा गरिएको वडाध्यक्ष राजेन्द्रकुमार भण्डारीले बताए। जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थितिमा प्रयोगपछि फिर्ता गर्ने सर्तमा अक्सिजन सिलिण्डर प्राप्त भएको उनले जनाए।
प्रतिक्रिया दिनुहोस्