प्रहरीको सक्रियतामा ५३६ वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ५३६ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। तीमध्ये २३७ वटा भरिएका र २९९ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका ५३६ वटा र यसअघिको स्टक १०९ वटा गरी जम्मा ६४५ वटा सिलिन्डरमध्ये आइतबार ५८६ वटा कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्