स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ५१९ जनालाई जरिवाना काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५१९ जनालाई प्रहरीले कारबाही गरको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अन्य सुरक्षा निकायलगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई तिब्रता दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्