एनआरएनएको सक्रियतामा बाग्लुङमा टेलिमेडिसिनको सुरुआत काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके र बेलायतस्थित स्वीनफल च्यारिटेवल ट्रष्टको सहयोगमा बाग्लुङ अस्पतालमा आइतवारदेखि टेलिमेडिसिन सेवा सुरु भएको छ। संघका महासचिव डा.हेमराज शर्माका अनुसार सो सेवामार्फत बाग्लुङ अस्पतालमै रहेर बेलायतका प्रतिष्ठित विशेषज्ञ डाक्टरहरुबाट बिरामीहरुले निःशुल्क स्वास्थ्य सेवा लिन सक्नेछन्। यसअघि ट्रष्टले विश्वका ७९ देशका तीन सय ६६ अस्पतालमा सात सय विशेषज्ञ मार्फत यस्तो सेवा दिंदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्