नौ दिनमा प्रहरीद्वारा ८ हजार ९०९ अक्सिजन सिलिण्डर संकलन काठमाडौं। नेपाल प्रहरीले गत वैशाख २६ गतेदेखि हालसम्म ८ हजार ९०९ अक्सिजन सिलिन्डर सङ्कलन गरेको छ। संकलन गरिएका सिलिण्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरीले जनाएको छ। देशमा कोरोना संक्रमितको उपचारमा सिलिण्डरको कमी भएपछि प्रहरीले संकलन कार्य सुरु गरेको हो। प्रहरीले विभिन्न व्यक्ति, उद्योग तथा संस्थाले होल्ड गरेका सिलिण्डर संकलन गरी अस्पताललाई उपलब्ध गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्