चाँगुनारायण अस्पताललाई १० अक्सिजन सिलिण्डर प्रदान गरियो
काठमाडौं। चाँगुनारायण नगरपालिकाले चाँगुनारायण अस्पताललाई अक्सिजनसहितको १० सिलिण्डर सहयोगस्वरुप उपलब्ध गराएको छ। अस्पतालमा अक्सिजनको अभाव भएपछि नगरपालिकाले १० शैय्याको उक्त अस्पताललाई सिलिण्डर प्रदान गरेको हो। नेकपा एमालेका नेता तथा स्थानीय समाजसेवी रमेश बुढाथोकी, चाँगुनारायण-४ का वडाध्यक्ष बुद्धिलाल महर्जन, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहाल, युवा नेता उपेन्द्र ढकाललगायतको सहयोगमा सिलिण्डर नगरपापलिकामार्फत अस्पताललाई दिइएको हो।
प्रतिक्रिया दिनुहोस्