भेन्टिलेटर, अक्सिजन प्लान्ट बनाउन भक्तपुरका तीन अस्पताललाई आठ करोड भक्तपुर। कोभिड-१९ सङ्क्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले ८ करोड एक लाख ७० हजार बजेट विनियोजन गरेको छ। अर्थमन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिएको हो। भक्तपुर अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र सूर्यविनायक नगर अस्पताललाई बजेट विनियोजन भएको सांसद महेश बस्नेतले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्