केयुले अवैध रुपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीयः डा. केसी
काठमाडौं।डा.गोविन्द केसीले एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको कदमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।“हाल कायम ऐनका प्रावधानहरु नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रुपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय छ”,डा.केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।काठमाडौं विश्वविद्यालयले गरेको भनिएको फर्जी निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा गरिएको निर्णय तत्काल फिर्ता गर्न उनले ध्यानाकर्षण गराएका छन्।
प्रतिक्रिया दिनुहोस्