७५ लाखको लगानीमा दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान सुरु काठमाडौं। गण्डकी प्रदेश सरकारले ७५ लाख रुपैयाँ दिएपछि तनहुँको दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ। जिल्लामा कोरोना भाइरस संक्रमितको उपचारमा अक्सिजनको अभाव भएपछि प्लान्ट जडान गर्न सुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले बताए। अस्पतालमा कोरोना संक्रमितलाई छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था गरिएको छ। प्लान्ट जडान गर्न आवश्यक पर्ने उपकरण भारतबाट मगाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्