चितवनका अस्पतालहरुलाई दैनिक ३२० अक्सिजन सिलिण्डर अपुग
काठमाडौं। स्वास्थ्य कार्यालय चितवनले त्यहाँका अस्पतालहरुलाई दैनिक ३२० अक्सिजन सिलिण्डरको अभाव भएको जनाएको छ। कार्यालयका अनुसार चितवनका अस्पतालहरुलाई दैनिक एक हजार २०० सिलिण्डर आवश्यक पर्दछ। यहाँका चार अस्पताल र एउटा निजी उद्योगले दैनिक ८८० सिलिण्डर मात्रै उत्पादन गर्दै आएका छन्। दैनिक ३२० सिलिण्डर अक्सिजन जिल्लामा अपुग भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारी बताउँछन्।
प्रतिक्रिया दिनुहोस्