दक्ष जनशक्ति नहुँदा सिरहा अस्पतालको ४ वटा भेन्टिलेटर प्रयोगविहीन काठमाडौं। दक्ष जनशक्तिको अभावमा सिरहा अस्पतालले खरीद गरेको चारवटा भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा नआउँदा कोरोना सङ्क्रमित बिरामी उपचारका लागि अन्यत्र पठाउनु परेको छ। भेन्टिलेटर सञ्चालनका लागि चाहिने जनशक्ति माग सम्बन्धित निकायसँग पटकपटक गरेपनि नपठाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नागेन्द्र यादवले बताए। सिरहा अस्पतालमा एचडियु१५ बेड र आइसियु पाँच बेड र चार भेन्टिलेटर उपलब्ध रहेपनि भेन्टिलेटर सञ्चालनमा छैन। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्