स्वास्थ्य मन्त्रालयले भन्यो, मापदण्ड बिनाका आईसोलेसन केन्द्र घातक हुनेछ
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड विनाका आईसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ। ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डरलगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेसन सेन्टर नखोल्न सचेत गराएको छ। सहप्रवक्ता डा.समिर अधिकारीले भने,"सामान्य भौतिक पुर्वाधारको व्यवस्थामात्रै गरेर मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आईसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले घातक हुनसक्छ।"
प्रतिक्रिया दिनुहोस्