जापानले दियो २५ वटा ‘पोर्टेवल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टीक सिस्टम’ काठमाडौं। जापानले नेपालका विभिन्न अस्पताललाई २५ वटा ‘पोर्टेवल अल्ट्रासाउण्ड इमेज डाइग्नोस्टीक सिस्टम’ प्रदान गरेको छ। यी उकपरणहरु २५ वटा अस्पताललाई प्रदान गरिएको काठमाडौंस्थित जापानी दूतावासले जनाएको छ। उपकरणहरु नेपालका लागि जापानका राजदूत किकुता युताकाले अस्पतालहरुलाई हस्तान्तरण गरेका थिए। यी उपकरण कोरोना संक्रमितको उपचारमा उपयोगी हुने राजदूत युताकाले जनाएका छन्। कोरोना विरुद्धको लडाईंमा जापानको नेपालको साथमा रहेको उनले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्