प्रहरीको सक्रियतामा २३१ वटा अक्सिजन सिलिन्डर सङ्कलन
काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २३१ अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। ती मध्ये १६८ वटा भरिएका र ६३ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका २३१ वटा र यसअघिको स्टक रहेका १४१ वटा गरी जम्मा ३ सय ७२ वटा सिलिन्डरमध्ये मंगलबार ३४१ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।
प्रतिक्रिया दिनुहोस्