१६ हजारभन्दा बढी सिलिन्डरमा अक्सिजन भरेर बिभिन्न अस्पतालमा वितरण
काठमाडौं। उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले पछिल्लो चौबीस घण्टामा कूल १६ हजार ३ सय १९ सिलिन्डरमा अक्सिजन भरेर बिभिन्न अस्पतालमा वितरण गरेको जनाएको छ। मन्त्रालयकाअनुसार उक्त अवधिमा काठमाडौं उपत्यकाका ९ उद्योगबाट ८ हजार १ सय २३ सिलिन्डरमा अक्सिजन भरी वितरण गरिएको थियो। यस्तै, उपत्यका बाहिरका १९ अक्सिजन उद्योगबाट ८ हजार १ सय ९८ सिलिन्डर भरी वितरण गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्