जिल्ला अस्पताल पाल्पामा अक्सिजन प्लान्ट स्थापना गर्न डेढ करोड स्वीकृत
काठमाडौं। पाल्पामा अक्सिजन प्लान्ट निर्माणका लागि डेढ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ। पाल्पामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला समन्वय समिति र कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पतालमा प्लान्ट स्थापना गर्न बजेट माग गरेको थियो। सोहीअनुसार स्वास्थ्य मन्त्रालयले बजेट स्वीकृत गरेको हो। रकम आएपछि प्लान्ट स्थापना कार्य दु्रत गतिमा गरिने जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष मीरा मरासिनीले बताइन्।
प्रतिक्रिया दिनुहोस्