अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारबाही गर्ने जनाएको छ। केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारबाही गर्नु परेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले बताए। मन्त्रालयले प्राप्त बिरामीको तथ्यांकका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्