स्वास्थ्यसामाग्री लिन निगमको जहाज शनिबार सिंगापुर जाने काठमाडौं। नेपाल वायुसेवा निगमको जहाजले आगामी शनिबार सिंगापुर गई स्वास्थ्यसामाग्री ल्याउने भएको छ। सिङ्गापुरस्थित टेमसेक फाउण्डेशनको सहयोगमा प्राप्त स्वास्थ्यसामग्री लिन निगमले जहाज पठाउन लागेको हो। शनिबार बिहान ८ बजे उडान गर्ने र सोही दिन साँझ ६ः१० बजे काठमाडौँ स्वास्थ्यसामग्री ल्याउने तयारी निगमको छ। निगमले केही दिनयता चीनबाट दुई हजार ३३५ अक्सिजन सिलिण्डर र ओमानबाट ५६० अक्सिजन सिलिण्डर काठमाडौं ल्याएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्