भरतपुर अस्पताललाई १० थान अक्सिजन कन्सन्ट्रेटर काठमाडौं। उद्योग संघ चितवनले भरतपुर अस्पतललाई १० थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ। जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा कन्सन्ट्रेटरको अभावलाई पूर्ति गर्न कन्सन्ट्रेटर हस्तान्तरण गरेको संघले बताएको छ। अध्यक्ष राजू पौडेलले अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन्। संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई स्वास्थ्यसामाग्री दिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्