सेती अस्पतालमा अक्सिजन कन्सन्ट्रेटर जडान काठमाडौं। सेती प्रदेशिक अस्पतालले कोरोना संक्रमितको उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर जडान गरेको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए। संघीय सरकारले प्रदान गरेको २४ वटा, धनगढीका व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका तीनवटा र प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रले दिएको ६ वटा गरी ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरी संक्रमितहरूलाई सेवा प्रदान गरेको श्रेष्ठले जानकारी गराए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्