प्रहरीको सक्रियतामा २१३ वटा अक्सिजन सिलिन्डर सङ्कलन काठमाडौं। नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा २१३ वटा अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ। तीमध्ये १४७ वटा भरिएका र ६६ खाली सिलिन्डर रहेका छन्। सङ्कलन गरिएका २१३ वटा र यसअघिको स्टक रहेका ११५ वटा गरी जम्मा ३२८ वटा सिलिन्डरमध्ये बुधबार ३०४ वटा सिलिन्डर कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्