तिब्बतबाट स्वास्थ्य सामाग्री बोकेका सवारी नेपाल हिँडे
काठमाडौं। चीनको तिब्बत प्रान्तले नेपाललाई दिएको स्वास्थ्य सामाग्री बोकेका सवारी साधन नेपालतर्फ हिँडेका छन्। ल्हासाबाट आज १५० सिलिन्डर लिक्विड अक्सिजन नेपालतर्फ पठाइएको हो। उक्त लिक्विडको ४० किलो क्षमताका ६ हजार सिलिन्डर अक्सिजन भर्न सकिने तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासले बताएको छ। यो स्वास्थ्य सामाग्री भोलि रातिसम्ममा खासा आइपुग्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्