निजी क्षेत्रले ल्याएको स्वास्थ्य सामाग्री तातोपानीतर्फ
काठमाडौं। निजी क्षेत्रले चीनबाट ल्याएको कोभिड–१९ सम्बधित सामाग्री तातोपानी भन्सार नाका नजिक आइपुगेको छ। तिब्बतस्थित महावाणिज्य दूतावासले बताएअनुसार २२ वटा सवारी साधान तातोपानी नजिक आइपुगेको छ। यसैगरी, एभरेष्ट ग्यासले ल्याएको ४५ सय वटा अक्सिजन सिलिन्डर यही साताभित्र तिब्बत आइपुग्ने र तातोपानीतर्फ द्रुतगतिमा पठाउने दूतावासले बताएको छ।
प्रतिक्रिया दिनुहोस्