मनाङमा अहिलेसम्म ६२ जना कोरोना संक्रमित
कोरोना महामारीको कारण मनाङमा अहिलेसम्म ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १३ जना निको भएसँगै हाल ४९ जनामा संक्रमित रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। सबै गाउँपालिकामा कोरोना अस्पतालको निर्माण भएको छ। तर चामेमा बाहेक अन्य ठाँउमा डाक्टरको व्यवस्था गर्न नसकेको उनले बताएका छन्। अहिलेसम्म कोरोनाको कारण कसैको मृत्यु नभएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्