वीरगंजकी ९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना
काठमाडौं। वीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन्। दुईसाता अघि कोरोनाबाट संक्रमित भएकी ९१ वर्षीया कार्कीले कोरोना जितेकी हुन्। महानगरपालिकाले सञ्चालन गर्दै आएको कोभिड अस्थायी अस्पतालमा उनी उपचाररत थिइन्। हिजो उनको स्वाब परीक्षण गर्दा नेगेटिभ आएपछि आज बिहान डिस्चार्ज गरिएको छ। उपमेयर कार्कीलाई डिस्चार्ज गर्ने क्रममा मेयर विजय सरावगी पनि पुगेका थिए।
प्रतिक्रिया दिनुहोस्