अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले साढे १७ करोडको स्वास्थ्य सामाग्री नेपाल पठाउँदै
काठमाडौं। अमेरिकी गैरसरकारी संस्था डाइरेक्ट रिलिफले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई १५ लाख अमेरिकी डलर (१७ करोड ५५ लाख ७५ हजार रुपैयाँ)को स्वास्थ्य सामाग्री पठाउने भएको छ। परराष्ट्र मन्त्रालयले उक्त संस्थाले पठाउने सामाग्री जेठ १३ गते काठमाडौं आइपुग्ने जनाएको छ। परराष्ट्रका अनुसार डाइरेक्ट रिलिफले ८ सय ४० थान अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री नेपाल पठाउन लागेको हो।
प्रतिक्रिया दिनुहोस्