एमाले स्थायी कमिटी बैठकमा स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल
काठमाडौं। आज बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटीको बैठकमा स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल भएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन्। “बैठकमा स्वास्थ्य संकटकाल लगाउनेबारे तर्कसंगत ढंगले छलफलहरू भएका छन्। यो-यो कुरा सहयोग हुन्छ संकटकालले, सरकार यो विषयमा तयारै छ भन्ने छलफल भएको छ,” उनले भने, “तर अहिलेसम्म संकटकाल लगाउनेबारे सोचिएको छैन।”
प्रतिक्रिया दिनुहोस्