कोरोना संक्रमितको उपचारार्थ ४४२ डेडिकेटेड अस्पताल सञ्चालनमा
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमितको उपचारार्थ ४४२ वटा अस्पताल सञ्चालनमा आएको जनाएको छ। ती अस्पतालमा १८ हजार सामान्य बेड, ३ हजार एचडीयु बेड, २ हजार आइसीयु र ७ सय भेन्टिलेटर रहेका छन्। बिभिन्न जिल्लामा रहेका जिल्ला अस्पताल र अन्य अस्पताललाई कोरोना डेडिकेटेड अस्पतालको रुपमा सञ्चालन गर्ने क्रम बढ्दै गएको छ।
प्रतिक्रिया दिनुहोस्