तिब्बतले पठायो, १५० लिक्‍विड अक्सिजन सिलिन्डर काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप १५० वटा लिक्‍विड अक्सिजन सिलिन्डर नेपाललाई प्रदान गरेको छ। तिब्बत सरकारले हिजो ल्हासास्थित नेपाली महाबाणिज्य दूतावासलाई ती सिलिन्डर हस्तान्तरण गरेको हो। ती अक्सिजन सिलिन्डरमा ३० हजार लिटर लिक्‍विड अक्सिजन रहेको जनाइएको छ। सिलिन्डरहरु भोलिसम्ममा तातोपानी नाका आइपुग्ने पराष्ट्र मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्