कानूनमन्त्री श्रेष्ठले सिरहा पठाए अक्सिजनसहित ९० थान रेम्डिसिवीर सुई काठमाडौं। कानूनमन्त्री लिलानाथ श्रेष्ठले अक्सिजनसहित ९० थान रेम्डिसिवीर सुई सिरहा पठाएका छन्। कोरोना संक्रमितहरुको लाभका लागि मन्त्री श्रेष्ठको समन्वयमा १० थान अक्सिजन सिलिण्डर, १० थान रेगुलेटर र कोरोना उपचारमा प्रयोग हुने ९० थान रेम्डिसिवीर सुई आज सिरहा पठाइएको हो। सिरहाको सिडिओको समन्वयमा आवश्यकता‍अनुसार वितरण र प्रयोग गरिने मन्त्रीको सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्