चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै सिन्धुपाल्चोक। सभामुख अग्निप्रसाद सापकोटाको विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ। कोभिड –१९ को दोस्रो लहरका कारण जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा उपचारका लागि अक्सिजनको चरम अभाव भएपछि अस्पतालको मागअनुसार स्वास्थ्य तथा जनसंख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन्। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्