कोरोनासँँगै भारतमा ब्ल्याक फंगस तीव्र रुपमा फैलिदै एजेन्सी। भारतमा कोरोना भाइरसको महामारीसँगै ब्ल्याक फंगस पनि तीव्र रुपमा फैलिएको छ। केन्द्र सरकारले सबै राज्यलाई पत्र लेख्दै यसलाई रोग घोषणा गर्न र उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ। खतरनाक ब्ल्याक फंगसका कारण हालसम्म १ सयभन्दा बढीको मृत्यु भइसकेको छ। जसमा महाराष्ट्रमामात्रै ९० जनाको मृत्यु भएको छ। हरियाणामा १४ र मध्यप्रदेशमा १० जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्